रंगेली नगरपालिकाले अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने

रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ।  

नगरपालिकाको सोमबार बसेको सर्वदलिय  बैठकले कोरोना संक्रमण रोकथाम  गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवारहरु मारमा परेको भन्दै राहत प्याकेज वितरण गर्ने तयारी गरेको मेयर दिलिप बगडियाले बताए। 

 एक घर धुरी बाराबर १५ केजी चामल, दुई केजी दाल र एक केजी नुन वितरण गर्ने भएको लागिएको उनले जानकारी गराए। 

नगरपालिकाले पहिचरणमा ४ हजार प्रतिबोरा राहत बितरण गर्ने र अपुग भएमा पुन खरिद गरेर बितरण गरिने समेत बताए। 
  
सर्वदलिय बैठकले रंगेली नगरपालिका भित्र रहेको ईटा उद्योग र चण्डिका डिष्टिलरिमा काम गर्ने स्थानीय कामदारहरुलाई हाल काममा नलगाउने र दिनमा आधा ज्याला उपलब्ध गराउन सम्वन्धित उद्योगलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ।  

साथै भारतबाट आएका मजदुरहरलाई उद्योगबाट बाहिर नजाने गरी उद्योग को हाता भित्र रहेर काममा लगाउने निर्णय पनि गरेको छ। नगरपालिका भित्र रहेको अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शाखाले कार्यालय प्रमुखको समन्वयमा तत्काल खरिद गरि औषधि आपुर्ति गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित मिति: : 2020-03-31 16:46:00

प्रतिकृया दिनुहोस्