बिरामी हुनुहुन्‍न ? मास्क नलाउनुस्

अन्नपूर्ण पोष्ट

सीएनएन। जेनेभा

तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।

‘आममानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन। बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटना प्रशस्त छन्’, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वास्थ्य आकस्मिकता कार्यक्रममा कार्यकारी निर्देशक डा. माइक रायनले स्विट्जरल्यान्डमा मिडिया ब्रिफिङमा भने।

उनका अनुसार मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको छ। ‘कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकन्ड भाइरस संक्रमणको अति जोखिममा छन्’, उनले भने, ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ? ’

प्रकाशित मिति: : 2020-04-01 08:13:19

प्रतिकृया दिनुहोस्