लकडाउको बेला दैलोमा डाक्टर

लकडाउनको बेला सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। कतिपय मान्छेहरु डरले आपतको बेला पनि घर बाहिर निस्कन सकेका छैनन्। 

यसरी अस्पतालसम्म जान नसकेर रुघाखोकीले च्याप्दा र डर बढ्द समेत घरमै बसिरहेका मध्ये एक हुन, चन्दननाथ नगरपालिका १ का मानसिंह दमाई। त्यही बेला दैलेमा आइपुगे गाउँकै स्थानीय डाक्टर टंकप्रसाद आचार्य।

‘बिरामी भएको बेला अस्पताल जान अप्ठ्यारो मानि घरमै बसिरहेका थिए,’ उनले भने, ‘अब मरिजान्छु सोचेको बेला डाक्टरसाब आए।’

त्यहीँका अर्का ६८ वर्षीया जोर महराताराको छाति दुखिरहेको थियो। उनै डाक्टरले छातिमा आला राखिदिदा महताराले दंग हुँदै सन्तोषको सास फेरे। ‘आज त कहिले नसोच्याको भयो। डाक्टर हैन भगवान् आएजस्तो माने,’ उनले खुसी हुँदै आफ्ना कुरा सुनाए।

लकडाउनको समय भएकाले सजिलै अस्पतालसम्म जान सक्ने अवस्था नभएपछि औषधि र आला बोकेर स्थानीय डाक्टर चेकजाँच गर्न घरमै पुगे र गाउँलेहरुलाई चकित बनाए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चन्दननाथ नगरपालिका १ आचार्यबाडाका स्थानीय डाक्टर आफ्नो वडाका सबै बिरामीहरुलाई घरदैलोमै गएर उपचार सेवा दिइरहेका छन्।

‘लकडाउनको समयमा चन्दननाथ १ का ९ वटा भन्दा धेरै गाउँका स्थानीयको स्वास्थ्य परिक्षण गरेका छौं,’ आचार्यले बिएल नेपाली सेवालाई भने,’कोरानाको संक्रमणका बारेमा जनचेतना सँगसँगै गाउँलेहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने हिसाबमा गाउँभित्रै स्वास्थ्यकर्मीहरुको सहयोगमा स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाएका हौं।’

चन्दननाथ १ को कुलाबाडा, महतराबाडा, डाँइबाड, थ्यइतबाडा, सार्कीबाडा, आचर्याबाडा, रावतबाडा, राना रावत र दमाइबाडाका स्थानीयको स्वास्थ्य चेकजाँच गरिएको तथा प्रत्येक गाउँमा १५ देखि २० जना बिरामीलाई उपचार उपचार गरिएको उनले बताए।

‘स्थानीय गाउँको चिकित्सक भएकाले वडाबासी सबैको स्वास्थ्य चेकजाँचसँगै कोरोना भाइरस बारे सचेतना दिँदै हातधुने तरिका पनि सिकाउने गरेका छौं,’ उनले भने, ‘स्वास्थ्य चेकजाँचका क्रममा धेरै जसोलाई रुघाखोकी लाखेको र केही बिरामीहरु निमोनिया समेत भएका देखिए। निमोनिया भएकालाई अस्पतालमा भर्ना भएर उपचार गर्न सुझाव दिएका छौं।’

अन्य सामान्य बिरामीहरुलाई ज्वारोको औषधि, एन्टिवाइटिक, लगायतका औषधिहरु पनि घरघमै बाँडिएको छ भने केहीलाई नजिकैको सहरी स्वास्थ्य केन्द्रबाट औषधि लिन पठाइएको ताएका उनले बताए।
 

प्रकाशित मिति: : 2020-04-01 12:42:04

प्रतिकृया दिनुहोस्