‘लकडाउन’मा कसरी बितिरहेको छ बैंकका सीइओहरुको दैनिकी?

देशसञ्चार

काठमाडाै‌ं

 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जाखिम बढ्दै गएपछि सरकारले चैत ११ गतेदेखि एक साताका लागि गरिएको लकडाउन थप एक हप्ता थप गरेको छ।

चैत १८ गतेसम्म हुने भनिएको लकडाउन बढाएर सरकारले चैत २५ गतेसम्म पुर्‍याएको छ। त्यसपछि पनि लकडाउन खुल्छ भन्न सकिने अवस्था छैन।

नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। जसका कारण मानिसहरुमा त्रास बढेको छ।

सर्वसाधारणहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन्। उद्योग, कलकारखाना बन्द छन्। सधैं सवारीसाधनको चापले कोलाहलपूर्ण हुने सडक शान्त छन्।

सधैँ कामको दौडधुपमा हुने उद्योगी, व्यापारी तथा बैकर्सहरुको दैनिकमा पनि यतिबेला लकडाउनका असर छ।

प्रकाशित मिति: : 2020-04-01 12:56:54

प्रतिकृया दिनुहोस्