काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित असिनापानी

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं उपत्यकामा हावाहुरी र चट्याङसहित असिनापानी परेको छ।

बुधबार साँझ पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले बेलुकीदेखि देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। उनका अनुसार पश्चिमी वायु पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले पश्चिमका थोरै र मध्य तथा पूर्वका एक/दुई ठाउँमा चट्याङ र हावाहुरी सहित पानी परेको छ। 

पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो देशको पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वका पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको थियो। अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहेकाे मौसमविद् श्रेष्ठले जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-04-01 16:18:27

प्रतिकृया दिनुहोस्