कोरोना भाइरसको 'पजल' सुल्झाउन सक्ने तीन प्रश्न

सेतोपाटी

काठमाडौँ

सिद्धार्थ मुखर्जी

फेब्रुअरी तेस्रो साता, चीनमा कोरोना भाइरसको डढेलो सल्किँदै थियो। म त्यो बेला भारतको कोलकातामा थिएँ। एकाबिहानै आकाशमा घामको डल्लो आफ्नो प्रचण्ड ताप बर्साउँदै थियो। तातो हावामा यताउति नाचिरहेका काला चंगाहरूसँगै मेरा आँखा पनि नाच्दै थिए।

म होटलबाट शितला देवीको दर्शन गर्न निस्केँ। उनको नाउँको अर्थ शितल हो। यज्ञमा आहुती दिएपछि बचेको चिसो भष्मबाट शितला देवी प्रकट भएकी हुन् भन्ने किम्बदन्ती छ।

प्रकाशित मिति: : 2020-04-02 08:58:49

प्रतिकृया दिनुहोस्