भाइरसबाट बच्‍न आयुर्वेदीय पद्धतिबाट कसरी बढाउने प्रतिरोधात्मक क्षमता ?

नेपालन्यूज

काठमाडौँ

डा. रामदेव पंडित

सामान्य भाषा इम्युनिटी भनेको जीवनको एक बिशेष खालको क्षमता वा शक्ति हो, जसले शरीरलाई रोग लाग्नबाट बचाउँछ वा बचाउने प्रयास गर्दछ। साथै लागि सकेको रोगविरुद्ध शरीर–इन्द्रिय-मनभित्रै लड्ने शक्ति पनि इम्युनिटी नै हो। इम्युनिटी बढ्नु वा बढाउनुको उद्देश्य वा काम नै रोग वा रोगको कारण (निज वा आन्तुज) लाई रोक्नु वा छेक्नु हो।

इम्युनिटीलाई आयुर्वेद चिकित्साका शास्त्रहरुमा व्याधिक्षमत्व वा बल वा ओज भनिएको छ। इम्युनिटीकै पर्यायवाचीका रुपमा आयुर्वेदमा अन्य शब्दहरु जस्तै सर्वधातु सार, स्थिरता, सार, प्रसाद, जीवशोणितुम, श्लेषम, दीप्ती, कान्ति, प्राण आदि शब्द पनि प्रयोग गरिएका छन्।

प्रकाशित मिति: : 2020-04-04 08:38:27

प्रतिकृया दिनुहोस्