'आइसोलेसन' बेडबाट भगवान पुकार्दै युवक

 सास फेर्न असहज महसुस भएपछि लहान नगरपालिका–२२ जहदीका एक युवक कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुर पुगे। अस्पतालका स्वास्थ्यकर्मीले उनको जाँचै नगरी अइसोलेसनमा भर्ना गरिदिए। रातभर आइसोलेसनमा अनिदो बिताएका उनको छटपटी झनै बढेको छ।

रातिबाट ज्वारो आएको छैन। सास फेर्न मात्र गाह्रो भैरहेको छ। ‘श्वासप्रश्वासको समस्याबाट पीडित भएर अस्पताल अस्पताल भौतारिँदै छु’ उनले नागरिकसँग फोनमा भक्कानिएँर भने,‘मेरो समस्याको उपचार नगरी अव्यवस्थित कोठमा थुनेर राखेको छ।’ यहाँ शौचालय छ तर पानी छैन्। हात धुने ठाउँमा फोहोरै फोहोर छ। बेड सफा छैन्। कोठाभरी लामखुट्टेको प्रकोप छ तर झुलको व्यवस्था छैन् उनले पीडा पोखे,‘यहाँ स्वास्थ्य मानिस पनि संक्रमित हुने जोखिम छ।’ 

‘आइसोलेसन वार्डमा अरु पनि शंकास्पद बिरामीहरु भर्ना छन्’उनी भन्छन्,‘एक जना संक्रमित भए अरुमा पनि संक्रमण सर्ने जोखिम पनि उत्तिकै छ।’ ‘अस्पतालमा भर्ना हुनुअघि बरु सेफ महसुस गरिरहेको थिएँ’ उनी भन्छन्,‘भर्ना भएदेखि डराएको छु।’

 झ्याल पनि बन्द छ हावा ओहोरदोहर हुँदैन। ढोकापनि बन्द छ। एउटै कोठामा छ सात जना छन्। डाक्टर हेर्न पनि आउँदैनन्। मलाई सास फेर्न झन् झन् गाह्रो हुँदै गएको छ उनी भन्छन्,‘मेरो स्वाब परीक्षण छिटो भइदिए कोरोनाको शंकाबाट मुक्ति पाएर श्वासप्रश्वास सम्बन्धी समस्याको उपचारमा जान्थे।’

प्रकाशित मिति: : 2020-04-05 12:51:43

प्रतिकृया दिनुहोस्