प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन्।

I wish Prime Minister @BorisJohnson of the UK speedy recovery. It is learnt that he has been moved to intensive care in hospital for the treatment of corona virus. I commend his dedicated efforts to fight COVID-19.

— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020
प्रकाशित मिति: : 2020-04-07 08:35:16

प्रतिकृया दिनुहोस्