
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू संसदमा जुत्ता चप्पल खोलेर बसेको भन्दै सत्तारुढ एमालेले नियमापत्ति गरेको छ।
सोमबारको प्रतिनिधि सभामा पनि रास्वपा सांसदहरूले नारावाजी गर्दै विरोध जारी राखेका छन्। यतिबेला रास्वपा सांसदहरू वेल घेराउ गर्दै भुइमै बसेर नारावाजी गरिरहेका छन्।
भुइँमा बस्ने क्रममा सभामुखको आशनतर्फ जुत्ता चप्पल खोलेर बसेको भन्दै एमाले सांसद दामोदर बैरागीले नियमापत्ति गरेका हुन्।
नियमापत्ति गर्दै बैरागीले भने, ‘कसैले विरोध गर्नुपर्यो भने उभिएर विरोध गर्ने हाम्रो परम्परा पनि छ, नियमावलीमा व्यवस्था पनि छ। तर, सम्माननीय सभामुखको आसनतर्फ जुत्ता, चप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्ने यो संसदीय मर्यादा भएन। संसदीय मर्यादा कायम गर्नका लागि सम्माननीय सभामुखको ध्यानाकर्षण गराउँछु।’
उनले नियमापत्ति जनाउँदै गर्दा रास्वपा सांसदहरूले भने ‘भ्रष्टका मतियार होसियार’ भन्दै नाराबाजी गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया