के तपाईंको छटपटी बढेको छ? कोरोनाको तनावले देखिएका छन् यस्ता चार मानसिक समस्या

सेतोपाटी

काठमाडौँ

(येलेना केसमानोभिसको यो लेख हामीले वासिङ्टन पोस्टबाट अनुवाद गरेका हौं। ‘आर्लिंगटन डिसी बिहेभियर थेरापी इन्स्टिच्यूट’ की संस्थापक निर्देशक येलेना जर्जटाउन विश्वविद्यालयमा मनोविज्ञानकी सहायक प्राध्यापक पनि हुन्।)

तपाईंलाई केही दिनयता छटपटी बढेको अनुभव हुँदैछ? छ भने यो तपाईंको मात्र समस्या होइन।

मार्च अन्त्यतिर संसारभर दस लाखभन्दा बढीलाई कोरोना भाइरस संक्रमण हुनुभन्दा अगावै अमेरिकाका ७७ प्रतिशत महिला र ६१ प्रतिशत पुरुषमा थकान र बेचैनी बढेको तथ्यांक वासिङ्टन पोस्ट र एबिसी न्यूज पोलले सार्वजनिक गरेका थिए।

यसरी बेचैन ६९ प्रतिशत अमेरिकीहरू आफू वा आफ्ना परिवारका सदस्यलाई कोरोना सर्ला कि भनेर त्रस्त थिए। अधिकांशको बेचैनीको कारण सन् २००८ को भन्दा भयावह विश्वव्यापी आर्थिक मन्दी बेहोर्नुपर्ला कि भन्ने चिन्ता पनि थियो।

प्रकाशित मिति: : 2020-04-08 10:09:55

प्रतिकृया दिनुहोस्