भारतमा ‘फ्लाइट बुकिङ’ खुला, टिकट कयौँ गुना महँगो

भारतका निजी एयरलाइन्स कम्पनीले १५ अप्रिलदेखिका लागि फ्लाइट बुकिङ खुला गरेका छन्।

१४ अप्रिलमा लकडाउन २१ दिन पूरा हुँदैछ। सरकारले लकडाउनको अवधि १४ अप्रिलसम्म तोकेको छ। तर यात्रु बिचल्लीमा परेको भन्दै फ्लाइट बुकिङ खुल्ला गरिएको हो।

लामो समयसम्म बन्द रहेको विमानसेवा सूचारु हुन लागेका कारण यात्रुको चाप बढेको छ। 

त्यसैले अहिले बुकिङ खुला गरेका एयरलाइन्सका टिकट कयौँ गुना महँगो रहेको बताइन्छ। 

दिल्ली, मुम्बई र पटनाको फ्लाइटमा सबैभन्दा बढी मूल्यवृद्धि देखिन्छ। यी गन्तव्यमा सामान्यतया चार गुनासम्म महँगोमा टिकट विक्री भएको छ।अन्य रुटमा पनि करिब तीन गुनासम्म महँगो भएको यात्रुहरुको गुनासो छ। 

खासगरी २१ अप्रिलसम्मका फ्लाइटको टिकट दर महँगो पाइएको हो। २१ अप्रिलपछिका लागि भने सामान्य दरभन्दा पनि सस्तोमा हवाई टिकट उपलब्ध हुने जनाएको छ।

प्रकाशित मिति: : 2020-04-08 13:08:14

प्रतिकृया दिनुहोस्