फरक ढंगबाट सहयोग माग

बालकृष्ण ज्ञवाली

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट गम्भीर असर परेको अर्थतन्त्रलाई जोगाउन अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले फरक किसिमको सहयोग चाहेको बताएका छन्।

कोरोना असरको सामना गर्न अर्थमन्त्री खतिवडाको पहलमा सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सर्वसाधारण जनता, उद्योगी व्यवसायी र पूरै अर्थतन्त्रलाई जोगाउन बनाइएको यो योजनाका लागि कति रकम चाहिन्छ भनेर सरकारले लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्री खतिवडाले शुक्रबार अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहयोगका लागि भिडियो कन्फरेन्समार्फत छलफल गरेका हुन्।

बहुपक्षीय विकास बैंकहरू, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तर्राष्ट्रिय वित्त निगमलगायत संयुक्त राष्ट्रसंघका उच्च पदस्थ पदाधिकारीसँग गरिएको छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसबाट नेपाली अर्थतन्त्रलाई बचाउन परम्परागत ढाँचाभन्दा भिन्दै सहयोग चाहेको बताए।

प्रकाशित मिति: : 2020-04-11 07:42:04

प्रतिकृया दिनुहोस्