कोरोना भाइरस: सङ्क्रमण नियन्त्रणका पाँच प्रमाणित रणनीति

सारा विश्वमा त्रास उत्पन्न गर्दै कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। हरेक दिन हजारौँ नयाँ सङ्क्रमित फेला परिरहेका छन् र सयौँको मृत्यु भएको घोषणा गरिन्छ।

कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन्। उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन्।

रोगको नयाँ केन्द्रविन्दु युरोप बनेको छ। ल्याटीन अमेरिका, मध्यपूर्व र अमेरिकामा दिनहुँ सङ्क्रमणको दर बढ्दो छ।

तर केही देशहरू कोरोनाभाइरसको अप्रत्याशित विस्तार रोकथाम गर्न सफल देखिएका छन्।

रोग सुरु भएको चीनसँग भौगोलिक रूपमा नजिक भए पनि केही एशियाली देशहरूले कोभिड-१९ को सङ्क्रमण दरलाई नियन्त्रणमा लिने कामको अगुवाइ गरिरहेका छन्।

अमेरिकास्थित जोन्स हप्किन्स् विश्वविद्यालयका सङ्क्रमण रोग विज्ञ टोल्बर्ट न्यानस्वाहले प्रकोप नियन्त्रण गर्न सफल उपायहरू अपनाएका देशहरू रहेको र उनीहरूबाट सिक्नुपर्ने बताएका छन्।

उनले भने, "मैले चीनको मात्र कुरा गरिरहेको छैन, जहाँ आक्रामक उपायहरू अवलम्बन गर्दा सङ्क्रमितको सङ्ख्या घट्यो, जुन अन्य प्रजातान्त्रिक देशहरूलाई लागु गर्न सजिलो रहेन।"

"अन्य देशहरूले सफलतापूर्वक फरक कदम रोजे जुन अहिले पनि प्रभावकारी छ।"

प्रकाशित मिति: : 2020-04-11 10:41:52

प्रतिकृया दिनुहोस्