हाँस्य कलाकार केसीले गरे चामल र मास्क सहयोग

हाँस्य कलाकार किरण केसीले महालक्ष्मी नगरपालिकालाई सहयोग गरेका छन्।

कोरोना भाइरसले नेपाल लकडाउन भएपछि दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरहरु समस्यामा परेपछि केसीले सय बोरा चामल र दश हजार माक्स नगरपालिकालाई हस्तान्तरण गरेका हुन्।

निर्माता तथा कलाकार केसी र राज केसी मिलेर सहयोग गरेका हुन्। 

अब, यो सहयोग विपन्न परिवारलाई नगरपालिकाले सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गर्ने बताइएको छ।

कोरोनाका कारण दैनिक काम गरेर जीवन धान्ने कैयौँ मजदुरहरु समस्यामा परेपछि नेपाली चलचित्रकर्मीहरु पनि सहयोगका लागि अगाडि आएका छन्।
 

प्रकाशित मिति: : 2020-04-11 12:27:18

प्रतिकृया दिनुहोस्