आत्मबल नै कोरोना भाइरससँग जुध्ने अचूक औषधि

नेपालको सरकारी समाचार एजेन्सी राससका अनुसार , ‘टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज’ हुँदैछन्।

कोभिड–१९ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै ‘डिस्चार्ज’ हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिएका छन्।

विगत केही दिनदेखि चारैतिरबाट आइरहेका निराशाजनक समाचारका बीच निश्चय पनि यो समाचारले राहत प्रदान गर्ने काम गरेको छ।

चिनियाँ भाइरस जसले विश्वका एक लाखभन्दा बढी मानवलाई मृत्युवरण गर्न विवश बनायो। आजका मितिसम्म १८ लाखभन्दा बढी मानिस यसको संक्रमणले व्यथित बनेका छन, हरेक मिनेटमा संक्रमित हुनेको संख्याको ग्राफमा उत्तरोत्तर वृद्धि भइरहेको छ, साथै कालकलवित हुनेको आँकडा पनि दिनदिनै हजारौँको संख्याले बढ्दै गइरहेको छ ।

विश्वका नामुद शक्तिशाली राष्ट्र यस १२० नैनोमीटर आकारको कणले (० दशमलब १२ म्युएम) त्राहिमाम त्राहिमाम गरिरहेको निस्साहायवस्था नेपाल जस्तो मुलुकबाट आशाजनक समाचार आउनु नेपालीका लागि मात्र होइन संसारकै लागि ‘सिल्भर लाइनिंग इन डार्क क्लाउड’झैँ बनेको छ।

प्रकाशित मिति: : 2020-04-13 12:40:04

प्रतिकृया दिनुहोस्