चीन र भारतबाट मेडिकल सामग्री किन्ने अन्तिम तयारी, चीनको प्राथमिक सूचीमा नेपाल ८१औं स्थानमा

नेपालन्यूज

काठमाडौँ

सुरेन्द्र पौडेल 

नेपाली सेनाले कोरोना भाइरस सङ्‍क्रमणको उपचार, नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने मेडिकल सामग्री चीन र भारतबाट खरिद गर्ने भएको छ।

‘जिटुजी’ प्रक्रियाबाट मेडिकल सामग्री खरिद गर्न पाँच देशसँग पत्राचार गरिएको भए पनि चीन र भारतबाट मात्र जवाफ आएपछि तत्काल चाहिने सामग्री खरिद प्रक्रिया अघि बढाइएको हो।

‘हामीले चीन, भारत, दक्षिण कोरिया, सिङ्‍गापुर र इजरायलसँग मेडिकल सामग्री खरिद गर्न पत्राचार गरेका थियौं। चीन र भारतले जवाफ दिएका छन्। दक्षिण कोरियाले केही कम्पनीको नाम पठाएको छ भने सिङ्‍गापुर र इजरायलबाट जवाफ आएको छैन,’ नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी विज्ञानदेव पाण्डेले नेपालन्युजसँग भने।

मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाइरहेको नेपाली सेनालाई चीन र भारतले ती सामग्री उपलब्ध गराउन सकिने बताएका छन्। चीनले ग्वान्जाओमा र भारतले नयाँदिल्लीस्थित नेपाली दूतावासमा मेडिकल सामग्री जम्मा गरिदिने प्रतिबद्धता जनाएका छन्। चीनले भ्यान्टिलेटर भने तुरुन्त उपलब्ध गराउन नसक्ने जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-04-13 21:01:03

प्रतिकृया दिनुहोस्