कोरोनाले व्यवसाय चौपट भएपछि बैंकबाट ऋण लिएकाहरूलाई ‘भोक न निद्रा’

नेपालन्यूज

काठमाडौँ

विष्णु बेल्वासे 

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सानोतिनो व्यवसाय गर्नेहरू अहिले लिएको साँवा ब्याज कसरी भुक्तानी गर्ने भन्ने चिन्तामा छन्। नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिरे हुने व्यवस्था त गरेको छ, तर व्यापार व्यवसाय ठप्प भएका कारण साँवा र ऋणको ब्याज कसरी तिर्ने भन्ने समस्या ऋणीहरूलाई छ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कुखुरा पालन गर्दै आएका कृषकहरू बिक्री नभएर छटपटाइरहेका छन्। उनीहरूलाई अहिले बैंकको साँवा तिर्न त परै जाओस् ब्याज तिर्न पनि मुस्किल परेको छ। रेखदेख, व्यवसायीको परिश्रम त परै जाओस् दानापानी खरिदको मूल्य पनि उठाउन सकिरहेका छैनन्।

प्रकाशित मिति: : 2020-04-17 09:18:23

प्रतिकृया दिनुहोस्