‘ट्रोल’ सहन नसकेपछि गायिका राउत प्रहरी शरणमा

२८ दिनदेखि देशक लकडाउनमा छ। धेरै मानिस फुर्सदिला बनेका छन्। लकडाउनका कारण कलाकारहरु पनि घरमै छन् । काम सबै ठप्प भएपछि कलाकारहरुले सामाजिक संजालको माध्यमबाट जनतालाई सचेत बनाउने काम गरिरहेका छन्। यता उनीहरुले गरेको कामको पनि खिल्ली उडाउने क्रम जारी नै छ। त्यस्तैमा परेकी छिन् गायिका आस्था राउत।

केही समय अगाडि विमानस्थलमा प्रहरीको विवादको कारण थप चर्चामा आएकी गायिका राउतको विषयलाई लिएर विभिन्न ट्रोल बनेकाे थियो। याे क्रम हालसम्म पनि राेकिएकाे छैन।

विभिन्न फोटोहरु काटेर ट्रोल बनाएपछि लकडाउनको कारण घरमा नै रहेकी गायिका राउतले प्रहरीलाई गुहारेकी छिन्।

उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा मौखिक उजुरी दिएकी हुन्। उनले रोल्पा घर भई काठमाडौं बस्दै आएका युवकविरुद्द उजुरी दिएकी थिइन्। 

‘उहाँले घरबाट नै फोन गरेर जानकारी दिनु भएको थियो। हामीले ट्रोल बनाउने युवकलाई कारबाही दायरामा ल्याएका छौं,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

उनका अनुसार उनले यसअघि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि ट्रोल बनाएको खुलेको छ।

प्रकाशित मिति: : 2020-04-20 10:35:59

प्रतिकृया दिनुहोस्