विपद्प्रति संवेदनशील छैनन् स्थानीय सरकार

महेश न्यौपाने

रोल्पा नगरपालिकाले ३२४ र १३० पृष्ठका २ वटा स्थानीय राजपत्र प्रकाशन गर्दा पनि स्थानीय विपद् व्यवस्थापन ऐन अटाउन सकेन। विपद् व्यवस्थापनको विषय नगरकार्यपालिकाको ऐन तर्जुमाको प्राथमिकतामा नै नपरेको हो। नगरपालिकाले ऐन, नियमावली, विनियम, कार्यविधि, नीति, निर्देशिका, मापदण्डसमेत गरी २१ वटा  कानून स्थानीय राजपत्रमा प्रकाशित गर्दा पनि विपद् व्यवस्थापन ऐन बनाउन चाँहि आवश्यक ठानेन। 

रुकुम पूर्वको सिस्ने गाँउपालिकाले तर्जुमा गरेका विभिन्न २१ कानुन वेबसाइटमा राखेको छ। यसरी झन्डै दुई दर्जन कानुन निर्माण गर्दा पनि सिस्ने गाउँपालिकाले स्थानीय तहको विपद् व्यवस्थापन ऐन तर्जुमा गर्न आवश्यक देखेन। 

प्रकाशित मिति: : 2020-04-22 20:40:29

प्रतिकृया दिनुहोस्