नागरिकले जितेको महसुस हुन देऊ

चन्द्रशेखर अधिकारी

राजतन्त्रमाथि नागरिकले विजय हासिल गरेको दिन हो, आज। सबै नागरिक लडेर लोकतन्त्र ल्याएको हो। यसैले आजको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ। तत्कालीन राजा ज्ञानेन्द्र शाह जनआंकाक्षाविरुद्ध उत्रेपछि उन्नाइस दिने आन्दोलनले सफलता पाएको हो। यो आन्दोलन विश्वमा ‘सफल अप्रिल क्रान्ति’ले परिचित छ। त्यो सफलताको दिनकै कारण नेपाली जनताले आफैं शासन गर्न सक्ने भएका हुन्। त्यो उपलब्धि हासल गरेको आज डेढ दशक पुग्दै छ। तर, अहिले प्रश्न उठ्ने गरेको छ, के यही अवस्था हेर्न नागरिकले छाती र टाउकोमा गोली खाएर लोकतन्त्र ल्याएका हुन् त ? हो, लोकतन्त्र तत्काल सबल हुँदैन तर यसको प्रक्रिया हुन्छ। त्यो प्रक्रिया उन्मुख पनि देखिँदैन।

०६२ चैत २४ देखि ०६३ वैशाख ११ सम्म भएको शान्तिपूर्ण जनआन्दोलन दबाउन तत्कालीन शासकहरूले नागरिकमाथि अ श्रुग्यास, पानीको फोहोरा, लाठी र लात मात्र हानेन सिधा छाती र टाउकोमा गोली नै ठोके तर आन्दोलन दबेन। त्यही अवस्था अहिले सिजना गर्ने कार्य यिनै दलले निम्त्याउँदै गएको राजनीतिक शास्त्रका विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: : 2020-04-23 09:32:16

प्रतिकृया दिनुहोस्