कोरोनाले पुनर्निर्माणमा चुनौती थपिदिएको छ

नेपालन्यूज

काठमाडौँ

सुशील ज्ञवाली

२०७२ वैशाख १२ गते गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ । सर्वप्रथम उक्त दुःखद घटनामा ज्यान गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन व्यक्त गर्दछु ।
भूकम्प र त्यसपछिका परकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको ५२ महिना पुग्दैछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करिव साढे ४ वर्षको यो अवधिमा हामीले पुनर्निर्माण र पुनस्थापनाका कार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । पहिलेभन्दा अझ राम्रो र बलियो भन्ने आवधारणाअनुसार विपद्लाई अवसरका रूपमा उपयोग गरी भूकम्प प्रभावित ३२ जिल्लामा ठूलो सङ्ख्यामा भूकम्प प्रतिरोधी संरचनाहरू तयार पारिसकेका छौँ । कतिपय संरचना पुनर्निर्माणका क्रममा छन् ।

प्रकाशित मिति: : 2020-04-24 07:50:10

प्रतिकृया दिनुहोस्