सर्वेन्द्रले गिराएको प्रहरी साख

विष्णु सुवेदी

दल फुटाउने 'सत्ताको डिजाइन' लाई सफल पार्न सांसद तथा नेतालाई 'अपहरण शैली'मा नियन्‍त्रण लिने कार्यमा पूर्वप्रहरी प्रमुख (आइजीपी) सर्वेन्द्र खनाल पनि संलग्‍न रहेको खुलासाले यतिबेला सुरक्षा वृत्त मात्र होइन, राष्ट्रिय राजनीति नै तरंगित भएको छ।

प्रहरी संगठनको नेतृत्व समालेर केही समयअघि सेवा निवृत्त भएका खनालको यो हर्कतले प्रहरी मात्र होइन, अन्य सुरक्षा निकायले समेत लज्‍जा महसुस गर्नुपरेको छ। यस्तो फोहोरी राजनीतिक खेलमा आफूलाई अग्रसर बनाएर उनले आफ्नो बेइज्‍जती मात्र होइन, सिंगो संगठनको बद्‌नाम पनि गरेका छन्। कमान्डरको यस्तो कर्तुत सुनेर संगठनका हरेक सिपाहीले यतिबेला शीर निहुराउनुपर्ने अवस्था आएको छ। प्रहरीप्रतिको जुन आम भरोसा र आस्था थियो, त्यसमा समेत ठेस् लागेको छ।

प्रकाशित मिति: : 2020-04-26 15:31:36

प्रतिकृया दिनुहोस्