क्षेत्रीय संगठन निष्प्रभावी

चन्द्रशेखर अधिकारी

क्षेत्रीय एकता बलियो पार्दै विकासमा साझा पहल गर्ने लक्ष्यसहित स्थापना भएका क्षेत्रीय संगठनहरू महामारी र विपत्को समयमा गुमनाम रहने गरेका छन्।  राजनीतिक खपतका लागि उपयोग हुने यस्ता क्षेत्रीय संगठनको अवस्था कोभिड–१९ पछिको विश्वमा कस्तो होला भन्ने विज्ञको चासो छ।  यस्तो महामारीमा उपयोग नहुने संगठनको उपादेयता नै सकिएको धारणा कूटनीतिक मामिलाका जानकारले व्यक्त गरेका छन्। 

चीनको वुहानपछि कोभिड–१९ को विपत् युरोपमा सर्‍यो।  धेरै मानिसको मृत्यु भएपछि मात्र युरोपियन युनियन (ईयू) केही राहतको कार्यक्रम लिएर अघि बढ्यो।  ईयूबाट प्रभावित भएर दक्षिण एसियाली क्षेत्रमा सार्क जन्मिएको हो।  सार्क जन्मकेको दुई दशक नहुँदै अर्को संगठन बहुपक्षीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) पनि जन्मियो।  त्यसलाई सार्कको विकल्पका रूपमा हेरियो।  दक्षिण पूर्वि एसियाली संगठन (आसियान) र सार्कको पुलका रूपमा जन्मिएको विम्स्टेक पनि महामारीमा कतै देखिएन। 

प्रकाशित मिति: : 2020-04-28 19:49:41

प्रतिकृया दिनुहोस्