कोरोना र नेकपाको दोहोरो वाण

डा. जीवराज पोखरेल

अहिले नेपाल दोहोरो बाण लागेको मृगजस्तै छट्पटाइरहेको छ। पहिलो बाण कोरोना भाइरसले हानेको छ भने दोस्रो काण प्रचण्ड बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी र यसका धनुरधारी प्रधानमन्त्री केपी ओलीले प्रहार गरेका छन्। चारैतिरबाट दबाब आएपछि विधेयक फिर्ता लिइएको छ तर यो शरीरमा गडेको काण निकाल्दा जति दुःख हुन्छ त्यस्तै दुःख फेरि देशलाई भएको छ। किनभने सरकारको कोरोना तर्फभन्दा आफ्नै सत्ता टिकाउन, अरूलाई फुटाउन ध्यान केन्द्रित भएको देखियो। त्यसकारण दोहोरो बाण त लागेको छ नै, तेहरो बाणबराबरको पीडा देशले सहिरहेको छ।

कोरोना भाइरसको कारणले बन्दाबन्दी भएको एक महिनाभन्दा बढी भइसक्यो। यस अवधिमा ५४ जना नेपाली संक्रमित भइसकेका छन्। सौभाग्यवश अहिलेसम्म नेपालमा कसैको पनि निधन भएको छैन। १६ जना त स्वास्थ्यलाभ गरेर चिकित्सालयबाट घर फर्किसकेका छन्। तर, यस दौरानमा र विशेष गरेर दैनिक ज्यालादारी मजदुरलाई धेरै असुविधा भएको छ। देशले पनि अकल्पनीय आर्थिक क्षति वहन गर्नु परेको छ। पन्ध्रौं योजनाको २०७९ सालमा अति कम विकसित देशबाट विकासशील देशमा रूपान्तरित हुने सपना थियो। यो सपनालाई यस बन्दाबन्दीले चकनाचुर पार्ने लक्षण देखिएको छ। त्यसैगरी २०८७ सालसम्ममा उच्च मध्यम आय स्तर भएको देशमा पुग्ने तथा २१०० सम्ममा समुन्नत देश हुने पन्ध्रौं योजनाको लक्ष पनि परिपूर्ति हुन यसले अवरोध सिर्जना गर्नेजस्तो देखिएको छ।

प्रकाशित मिति: : 2020-04-30 18:11:17

प्रतिकृया दिनुहोस्