स्वास्थ्य सेवा विभागलाई अर्को धक्का : टेन्डर पारेका २ कम्पनीले सामग्री ल्याउनै सकेनन्

नेपाल लाइभ

काठमाडौं

उत्तम काप्री

मेडिकल सामग्री खरिदका विषयमा स्वास्थ्य सेवा विभागलाई फेरि अर्को धक्का लागेको छ। विभागले ओम्नीसँग मेडिकल सामान खरिदको सम्झौता रद्द गर्दै पुनः खरिदका लागि सम्झौता गरेको ३ वटा कम्पनीमध्ये दुईवटा कम्पनीले समयमै सामान नदिएपछि विभागलाई धक्का लाग्ने क्रम नरोकिएको हो। 

विभागले वैशाख ५ गते शुक्रबार झन्डै ३० करोड रुपैयाँ बराबरको मेडिकल सामान खरिदका लागि ३ वटा कम्पनीसँग सम्झौता गरेको थियो। खरिद सम्झौताअनुसार ३ वटा कम्पनीले आइतबारसम्म मेडिकल सामान विभागलाई बुझाउनुपर्ने थियो। निर्धारित समयमा लुम्बिनी हेल्थ केयर प्रालिले मात्रै सम्झौता अनुसार सामग्री बुझाएको छ। अन्य दुईवटा कम्पनीले समयमै मेडिकल सामान बुझाउन नसकेपछि समय थपका लागि विभागमा पत्राचार गरेका छन्।

प्रकाशित मिति: : 2020-05-03 21:31:51

प्रतिकृया दिनुहोस्