लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट सूचारु हुने

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट सूचारु हुने भएको छ।

११ चैतयता कारोबार बन्द भएको थियो। तर सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र संचालनको बाटो खोलेको थियो। यस्तो सेवा सूचारु गर्दा बढीमा एक तिहाई मात्र कर्मचारी राखेर सेवा सुचारु गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यही निर्णय अनुसार नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको छ।

निर्देशन अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुनेछ।

शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ। यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ।

अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ।

प्रकाशित मिति: : 2020-05-08 17:37:58

प्रतिकृया दिनुहोस्