मास परीक्षणमा जुम्लाका ८ सय ४९ जनाको रिपोर्ट नेगेटिभ (भिडियो)

जुम्लाका एक नगरपालिकासहित ८ वटै स्थानीयतहबाट संकलित ८ सय ४९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

मंगलबार बिहानदेखि दिउँसोसम्म गरिएको परीक्षणबाट यस्तो नतिजा आएको हो।

स्वाब परीक्षणमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष निरेश थापाले सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।

‘यो रिर्पोटले जुम्लामा कोरोना संक्रमण नभएको देखिएको छ। तर निरन्तर रुपमा स्वाब परीक्षणको कार्य जारी रहनेछ। सकेसम्म कर्णाली सुरक्षित रहोस् भनी यसो गरेका हौं,’ उनले भने।

प्रतिष्ठानका चिकित्सकको टोलीले भोक निन्द्रा नभनेर स्वाब परीक्षणमा जुटेकाले एकै दिनमा ८४९ जनाको स्वाब संकलन गरेर नेपालमै पहिला पटक एकै दिनमा परीक्षण गरेर रिर्पोट निकालेको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए। 

स्वाब संकलनमा प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका २४ जना प्रयोगशालाकर्मीको सहभागिता थियो।  पुल टेस्टमा १० जनाको नमुनालाई एकै ठाउँमा मिसाएर परीक्षण भएको थियो।

यसअघि मेसिन नहुँदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको स्वाब संकलन गरेर एकैपटक हवाई मार्गबाट गरेर काठमाडौं पठाएर परीक्षण गरेको थियो।

प्रकाशित मिति: : 2020-05-13 07:54:40

प्रतिकृया दिनुहोस्