दहचोकका काेराेना संक्रमित बालक तीन साताअघि बाराबाट काठमाडौं आएका थिए

दीप सुवेदी

काठमाडाै‌ं

बिहीबार साँझ कोरोना भाइरस संक्रमणको पुष्टी भएका दहचोकका ७ वर्षीय बालक तीन साताअघि बाराबाट काठमाडौं आएको खुल्न आएको छ।

ती बालक करिब तीन साता अगाडि नै बाराबाट काठमाडौं फर्किएको चन्द्रागिरि नगरपालिका १ का एक स्थानीय जनप्रतिनिधले पुष्टि गरेका छन्। 

ती प्रतिनिधिका अनुसार उनमा श्वासप्रश्वासमा सामान्य समस्या आएको थियो। ज्वरो पनि आउन थालेपछि स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोनाको संक्रमण देखिएको हो।

‘त्यस्तो खासै समस्या त होइन तर उनमा श्वासप्रश्वाससँग समस्या देखिउको स्थानिहरुले बताएका छन्,’ ती प्रतिनिधिले भने,‘ज्वरो पनि देखिन थालेपछि अस्पताल जान सुझाएका थियौं।’

उनका अनुसार बालकको परिवारका अन्य सदस्यमा भने कोरोना भाइरसको लक्षण देखिउको छैन। उनले भने,‘अन्य सदस्यलाई पनि परीक्षण गर्न लगाएका थियौं तर अरुमा संक्रमण देखिएन।’

कोरोना पोजेटिभ नदेखिएपनि  परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको ती प्रतिनिधिले बताए। 
 

प्रकाशित मिति: : 2020-05-15 10:54:34

प्रतिकृया दिनुहोस्