चीनमा कोरोना संक्रमित पुनः भेटिन थाले

एजेन्सी

काठमाडाै‌ं

चीनमा कोरोना भाइरस संक्रमित पुनः भेटिन थालेको छ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको छ। यस्तै शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ। त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको छ।

चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। 

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो। तर पुनः नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ। चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा पनि गरेको छ। अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ।
 

प्रकाशित मिति: : 2020-05-16 07:50:46

प्रतिकृया दिनुहोस्