आयकर घटाउनुपर्ने मागसहित महासंघले सरकारलाई दियो २५ पाने बजेट सुझाव

नेपाल लाइभ

काठमाडौँ

उत्तम काप्री

नेपाल उद्योग वाणिज्य महासंघले पारिश्रमिक आयकरको वर्तमान स्ल्याबलाई घटाउनुपर्ने मागसहित आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणका लागि सरकारलाई २५ पाने सुझाव दिएको छ।

व्यवसायीहरुले पारिश्रमिक आयकरको वर्तमान स्ल्याब लाई क्रमशः न्यूनीकरण गरी ५, १५, २५ प्रतिशत गर्नुपर्ने माग अगाडि सारेका छन्। कोभिड–१९ ले विश्वभर आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा प्रतिकूल प्रभाव पारेको छ। यसले नेपालको अर्थतन्त्रका बहुआयामिक एवं बहुपक्षीय क्षेत्रहरु उद्योग, व्यापार, पर्यटन, कृषि, उर्जा, सेवा क्षेत्रलगायत समग्र अर्थतन्त्र प्रतिकूल रुपमा प्रभावित भएको छ। 

प्रकाशित मिति: : 2020-05-16 20:31:20

प्रतिकृया दिनुहोस्