कोरोना भाइरस: के चीनलाई उछिनेर विश्वका उद्योगहरूको केन्द्र भारत बन्ला?

बिबिसी

काठमाडौँ

विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ।

त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ।

चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र नयाँ परिस्थितिमा जतिसक्दो चाँडो लाभ लिन व्यग्र देखिएको छ।

भारतका यातायात मन्त्री नितिन गडकरीले विश्वव्यापी रूपमा कमजोर भएको चीनको अवस्था आफ्नो देशका लागि अप्रत्याशित रूपमा आएको अवसर भएको हालैको एउटा अन्तरवार्तामा बताएका थिए।

प्रकाशित मिति: : 2020-05-19 08:07:42

प्रतिकृया दिनुहोस्