सहकारीमा वित्तीय तरलता व्यवस्थापनको चुनौती

रातोपाटी

काठमाडौँ

प्रयास श्रेष्ठ

संविधानतः मुलुकको तीन खम्बे अर्थनीति मध्येको एक अङ्ग सहकारी क्षेत्र हो । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण जति पनि अन्य क्षेत्र प्रभावित छन् त्यसबाट सहकारी पनि अछुतो छैन । कोरोना कहरबाट मुलुकको सहकारी क्षेत्र पनि निकै प्रभावित हुन पुगेको छ । प्रमुखतः यतिखेर सहकारी क्षेत्रमा वित्तीय व्यवस्थापन अर्थात् वित्तीय परिचालनको समस्या देखिएको छ । जसका कारण भोलिका दिनमा संस्थामा लगानीयोग्य रकम (तरलता) अभावको समस्या समेत आउनसक्ने खतरा बढेर गएको विज्ञहरुले औँल्याउन थालेका छन् ।

त्यसो त कोरोना कहर, सहकारी क्षेत्रमा आर्थिक (वित्तीय) व्यवस्थापनको विषय मात्र होइन यतिखेर समग्र सामाजिक उत्तरदायित्व, आफ्ना मूल्य मान्यता र सिद्धान्तलाई समेत जोगाउनु सहकारीका लागि चुनौतीको पहाड बनेर उभिएको छ । कोरोनाका कारण बिग्रिएको वित्तीय पाटो सम्हाल्नु त छँदैछ, त्यसको साथसाथै कोरोनाबाट सिर्जित विषम परिस्थितिबाट गुज्रिरहेका आफ्ना सदस्य, समुदाय र राष्ट्रकै अर्थतन्त्र माथि उठाउनुपर्ने चुनौती र जिम्मेवारी समेत सहकारीसँग छ ।

प्रकाशित मिति: : 2020-05-26 13:35:24

प्रतिकृया दिनुहोस्