चालू वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत, आर्थिक सर्वेक्षण सार्वजनिक (भिडियो)

चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक सर्वेक्षण २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिएका हुन्।

यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो। सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।  सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो। हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-05-26 14:33:02

प्रतिकृया दिनुहोस्