स्वास्थ्यमन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत कोरोना संक्रमण पुष्टि भएकी पूर्वसांसदकी पत्नीलाई बुधबार भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बस्न लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

'उहाँको परिक्षणका लागि हिजो निवासमै पुगेर चिकित्सकहरुले स्वाव संकलन गर्नु भएको छ। त्यही नि  उहाँ ६ दिनदेखि आफैं क्वारेन्टाइनमा बस्नु भएको छ', उनका स्वीकय सचिव भुवन खतिवडाले भने।

उनको रिपोर्ट मंगलबार बेलुकासम्म आउनेछ खतिवडाले जानकारी दिए। मन्त्री ढकाल बिहीबारदेखि मन्त्रालय आएका छैनन्।

संक्रमण बढ्दै गएपछि गतिविधि कम गर्न मन्त्रालय आउने क्रम कम गरिएको खतिवडाले बताए ।

प्रकाशित मिति: : 2020-05-26 15:18:05

प्रतिकृया दिनुहोस्