नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई नेपाल-चीनले संयुक्त रुपमा घोषणा गर्ने भएका छन् । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार राति ट्विट गर्दै दुबै मुलुकले संयुक्त वक्तव्यमार्फत सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने जनाएकी हुन्। 

उनले सगरमाथा (चिनियाँ भाषामा चोमोलोङ्‌मा) को शिखरमा पुग्‍न सफल सर्भे टोलीलाई बधाई समेत दिएकी छन् । 

नेपाली टोली शिखरमा पुगेको र चिनियाँ टोली शिखरमा पुगेको तस्बिर सेयर गर्दै उनले ट्विटरमा लेखेकी छन्, ‘चोमोलोङ्‌मा/सगरमाथाको शिखरमा पुग्‍न सफल चिनियाँ र नेपाली टोलीलाई बधाई। यो दुई मुलुकबीचको मित्रताको अनन्त प्रतिक हो। दुबै मुलुकले उचाई संयुक्त वक्तव्यमार्फत संयुक्त रुपमा घोषणा गर्नेछन्।’ 

सगरमाथाको उचाई नाप्‍नका लागि चिनियाँ टोली २७ मे, २०२० मा शिखर पुगेको थियो भने २२ मे,२०१९ मा नेपाली सर्भेयरको टोली शिखरमा पुगेको थियो। 

Congratulations to both Chinese and Nepali teams for successfully reaching the summit of Mt. Zhumulangma/Sagarmatha, the eternal symbol of the friendship between ???????? & ????????. Both countries will jointly announce the height later according to the joint statement. pic.twitter.com/R2gX0w4nQy

— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 28, 2020
प्रकाशित मिति: : 2020-05-29 00:03:52

प्रतिकृया दिनुहोस्