भारतबाट फर्केका सबैको कोरोना परीक्षण गर्न विप्लवको माग

बिएल संवाददाता

काठमाडाै‌ं

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लकडाउनका कारण समस्यामा परेर भारतबाट स्वदेश फर्केका सबै नेपालीहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ।

भारतमा रहेका नेपाली श्रमिकहरु सुदूरपश्चिमबाट मात्रै दैनिक हजारौँको संख्यामा नेपाल प्रवेश गरिरहेको तर उनीहरुको परीक्षण नगरिएकोतर्फ पार्टीका सेतीमहाकाली इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले अप्ठ्यारोमा परेका नागरिकहरुलाई स्वदेश फर्काउनु खुशीको कुरा भए पनि नेपाल प्रवेशपछि उनीहरुको कोरोना परीक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गतिलो गरी गर्न माग गरेका छन्।

विज्ञप्तिमा विदेशमा रहेका तर घर फर्किन चाहने सम्पूर्ण प्रवासी नेपालीलाई अझै सहज रूपमा घर फर्कने वातावरण सृजना गर्न पनि माग गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-05-29 09:32:02

प्रतिकृया दिनुहोस्