रुकुम हत्याकाण्डको विराेधमा जुम्लामा प्रदर्शन (भिडियाे)

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामुहिक हत्याको विरोधमा जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। 

अन्तरजातीय प्रेम सम्बन्धकै कारण बिभत्स हत्या हुनु मानवीयताको पराकाष्ठा भएको विरोध सहभागि युवक धनराज सुनारलाई बताए।

‘पहिलो चरणमा नारा लेखेका प्लेकार्ड बोकेर घटनाका दोषीहरुलाई कारवाही गर्न माग गर्दै सांकेतिक विरोध गरिएको हो,’ उनले भने, ‘दोषी उम्कने र पीडितले न्याय नपाउने हो भने थप कडा आन्दोलनका लागि तयार छौं।’ 

उनीहरुले ‘दलितमाथि हुने विभेद अन्त्य गर’, ‘रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कानुनी कारबाही गर’, ‘अपराध लुकाउन खोज्नु पाप हो’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।

रुकुम घटनामा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी  छ।

प्रकाशित मिति: : 2020-05-29 15:36:26

प्रतिकृया दिनुहोस्