यही मेरो सार छ...

दशरथ घिमिरे

म्यानमार

निबास मेरो छ कुटी पुरानु
मिलेर बस्छौँ परिवार सानु
जुटाइ उद्योग मिलेर खान
म बस्छु आफैं खुसि हर्ष साथ।।

रमाइ साथै सपना बुनेर
विहान संघर्ष सधैं लडेर
पुगोस आनन्द भनी रमाई
संकल्प आफ्नै मनमा जुटाई।।

जहाँ छ खोजी सबले मिलेर
नयाँ-नयाँ कर्म गरी विचार
छ नित्य ऐश्वर्य यहाँ विशेष
म बस्छु फर्की घर एकबेस।।

न चाह धेरै धन खोजमा छ
न लोभ सम्पत्ति जुटाउने छ
छ जो छ एकै पछिको विचार
छ कर्म जम्मा पछिको छ सार।।

कलाप राम्रा नगरी हुँदैन
विचार राम्रो नजडी हुँदैन
खुला छ संसार यहाँ रमाई
गरेर उद्योग भविष्यलाई।।


म्यान्मार

प्रकाशित मिति: : 2020-05-30 16:52:19

प्रतिकृया दिनुहोस्