अस्पतालमा सुत्केरीको मृत्यु

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। 

 मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन्। मृत्युको कारणबारे छानबिन भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीले जानकारी दिए। 

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो। सुत्केरी भएको दुई दिनपछि आज बिहान उनको मृत्यु भएको र नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-05-31 16:02:14

प्रतिकृया दिनुहोस्