ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कंचनरुप नगरपालिका २ बस्ने २७ वर्षीय युवराज सेख रहेका छन्। उनलाई सोही नगरपालिका १ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाइन स्थलमा ४/५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गरेका थिए।

घाइते प्रहरी जवानलाई उपचारको लागि स्थानिय धर्मेश्‍वर अस्पताल ठेलिया लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
 

प्रकाशित मिति: : 2020-05-31 18:12:46

प्रतिकृया दिनुहोस्