बलिउड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। मृगौला पीडित ४२ वर्षीय खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन्।

‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका हुन्। मृगौलामा सङ्क्रमण भएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए।

केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण गरिएको थियो। मुम्बईस्थित चंगुरको अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।
सन् १९९८ मा बलिऊडमा ‘प्यार किया तो डरना क्या’ फिल्मबाट आफ्नो संगीत जिवनको सुरुवात गरेको साजिद वाजिदका वाजिदले ‘दबङ्ग’, ‘वान्टेड’ र ‘मुझसे शादी करोगी’ जस्ता चर्चित फिल्ममा संगीत दिएका थिए।

बलिऊडका अभिनेता तथा अभिनेतृले उनको निधनप्रति सम्वदेना प्रकट गरेका छन्। चर्चित गायक सोनु निगमले पनि वाजिदको निधनप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: : 2020-06-01 08:24:50

प्रतिकृया दिनुहोस्