क्वारेन्टाइनमा ‘भोक हड्ताल’ : संक्रमित भेटिएपछि खाजा–खाना बहिष्कार !

अजय अनुरागी

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा रहेका व्यक्तिले खाना बहिष्कार गरेर भोक हड्ताल शुरू गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसिरहेका व्यक्तिले सोमवार बिहानको चिया बहिष्कार गरेका छन् । क्वारेन्टाइनमा बस्दै आएका जनकपुरधाम उपमहानगर–४ का स्थानीय इन्द्रेश्वर झाका अनुसार क्वारेन्टाइनमा १० जना कोरोना संक्रमित पाइएको २ दिन बित्दा पनि क्वारेन्टाइनलाई स्यानिटाइज नगरेको र थप व्यक्तिमा संक्रमणको जोखिम बढेको भन्दै चिया बहिष्कार गरिएको छ । ‘बिहान ८ बजे आएको चिया हामी सबैले बहिष्कार गरेका छौं, चिया जस्ताको त्यस्तै राखिएको छ, कसैले पनि खाएका छैनौं,’ झाले लोकान्तरसँग भने, ‘हाम्रो मागको सुनुवाइ नभए हामी दिन र रातिमा दिने खाना समेत बहिष्कार गर्नेछौं ।’

प्रकाशित मिति: : 2020-06-01 13:55:13

प्रतिकृया दिनुहोस्