नर्भिक अस्पतालमा उपचाररत बिरामी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत हेटौडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षिया महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ ।

 कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-01 15:49:46

प्रतिकृया दिनुहोस्