​कोरोना भगाउन रौतहटका महिलाद्वारा सामुहिक पूजा

लामो समयको लकडाउन र कोरोना भाइरसको त्रासबाट मुक्त पाउन रौतहटका महिलाले पूजा गरेका छन्। लगातार लकडाउन र दिनदिनै बढिरहेको कोरोनाका कारण आजित हुँदै रौतहटका केही स्थानका महिलाहरू कोरोना भाईरस रोग होईन दैवी प्रकोप हो भन्दै पूजा आजातिर लागेका हुन्।

देवी देउता रिसाउँदा सुद्ध मनले पूजा गरेमा रोग ब्याधी भाग्ने जन विश्वासका साथ जिल्लाको कैयौं स्थानमा सोमबार महिलाहरुले कोरोना भगाउन सामुहिक पूजा गरेका छन्।

कटहरिया नगरपालिका वडा ४ र वडा ५ का दर्जनौ महिलाहरु एकाबिहानै चोखिएर खुला चौरमा पंक्तीबद्ध बसेर बिभिन्न सामग्री तथा चढावा सहित सामुहिक पूजा गरेका हुन्।

कटहरिया वडा ५ का वडाध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानै देखि दुबै वडाका दर्जनौ महिलाहरु पूर्ण आस्थाका साथ कोरोना भगाउन सामुहिक पूजा गरेको जानकारी दिए।

रौतहटको कटहरियामा मात्र नभई जिल्लाको कैयौं स्थानमा महिलाहरुले पछिल्लो केही दिनदेखि कोरोना भगाउन सामुहिक पूजा गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-01 17:53:23

प्रतिकृया दिनुहोस्