ब्राजिलमा काेराेनाबाट एकै दिन १२ सय ३२ को मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं
Photographer: Jonne Roriz/Bloomberg

ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ। मंगलबार ब्राजिलमा १२ सय ३२ को मृत्यु भएको छ। 

यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७८ रहेको पुगेको छ। ब्राजिलमा एकैदिन २७ हजार २ सय ६३ संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा कूल संक्रमितको संख्या ५ लाख ५६ हजार ६ सय ६८ रहेका छन्।

पेन अमेरिकन हेल्थ हेल्थ अर्गनाइजेशन (पिएएचओ)ले कोरोना भाइरस रोक्नका लागि लागू गरिएको प्रतिबन्ध खुकुलो नबनाउन चेतावनी दिएको छ।

संस्थाले आदिवासी समुदायको राम्रोसँग निगरानी गर्न पनि आग्रह गरेको छ। संस्थाले अमेजन क्षेत्रमा अवैध उत्खननका कारण आदिवासीका लागि कोरोना भाइरसको खतरा बढ्न सक्ने पनि जानकारी दिएको छ।

ब्राजिलको घनाजंगल अमेजन फँडानी बढेपछि त्यहाँको सरकारले सेना परिचालन गरेको छ। अवैध काठ तस्करी तथा खानी उत्खनन नियन्त्रणका लागि अमेजनमा सैनिक पठाएको हो। यो साताको सुरुमा अमेजनमा भइरहेको फँडानी नियन्त्रणका लागि सेना परिचालन गर्न ब्राजिल सरकारले आदेश जारी गरेको थियो।   

अमेजन जंगललाई पृथ्वीको अक्सिजनको मुख्य स्रोत मानिन्छ। तर, पछिल्ला वर्षहरूमा यसको फँडानी अनियन्त्रित छ। 

याे पनि 

कोरोना भाइरसपछि विश्वलाई अर्को खतरा, अमेजन जंगलबाट नयाँ महामारी उत्पन्न हुने दाबी

प्रकाशित मिति: : 2020-06-03 07:13:40

प्रतिकृया दिनुहोस्