कोरोनाका संक्रमणका कारण भारत विश्वका सबैभन्दा खराब मुलुकहरुको सूचीकाे सातौ स्थानमा

बिएल संवाददाता

नयाँदिल्ली

भारत कोरोनाका भाइरस संक्रमणका कारण विश्वका सबैभन्दा खराब मुलुकहरुको सूचीमा सातौ स्थानमा परेको छ। 

भारतमा मंगलबार ८ हजार ९ सय ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। २४ घन्टामा संक्रमित थपिएको यो सबैभन्दा ठूलो संख्या हो। भारतमा एकै दिन ८ हजारभन्दा बढी संक्रमित भेटिएको यो चौथो पटक हो।

योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ। भारतमा १ लाख ३ हजार २ जना मानिस कोरोना भाइरसलाई जितेर ठीक भइसकेका छन्। 

भारतको महाराष्ट्रमा २ हजार ४ सय ६५ जना नयाँ संक्रमित भेटिएपछि त्यहाँ संक्रमितको संख्या ७२ हजार ३ सय पार भएको छ। यता भारतको मुम्बई कोरोना भाइरसबाट सबैभन्दा प्रभावित शहर बनेको छ ।

तामिल नाडूमा संक्रमितको संख्या २४ हजार ५ सय ८६ पुगेको छ। दिल्लीमा पनि संक्रमितको संख्या बढिरहेको छ। दिल्लीमा २२ हजार १ सय ३२ जना संक्रमित छन्। गुजरातमा १७ हजार ६ सय १७ जना मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित मिति: : 2020-06-03 12:00:15

प्रतिकृया दिनुहोस्