पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा कालिकामाई  गाउँपालिकाका ४ र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि संक्रमण पुष्टि भएको अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए। 

संक्रमितमा  ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन्। उनीहरू कालिकामाई गाउँपालिका हुन्। यता सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना पुरूष रहेको छन्। 

उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ। 

प्रकाशित मिति: : 2020-06-03 12:33:02

प्रतिकृया दिनुहोस्