बाँकेको कोहलपुरमा आरडिटी परीक्षण: दुई जनामा पोजिटिभ

बाँकेमा २ जनामा कोरोना भाइरस संक्रमण्को पुष्टि भएको छ। भारतबाट आएर कोहलपुर नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका दुई जनामा बल्ल र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गर्दा पाेजिटिभ देखिएको हो।  

रोजगारीको शिलशिलामा भारत गएका उनीहरु कोरोना कहरका कारण जेष्ठ ८ र ९ गते घर फर्किएका थिए।  

कोहलपुर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउन आरडिटी परीक्षण गरिएको जानकारी दिए।

पाेजिटिभ देखिएका दुई जनामा कोरोना भाइरसको संक्रमण थप यकिन गर्न पीसीआर विधिबाट चेकजाँच गरिनेछ। ‘आरडिटी विधिबाट गरिएको परीक्षणमा पाेजिटिभ देखिएको छ। तर पीसीआर विधिबाट परीक्षण गरे पछिमात्र संक्रमित भए नभएको थाहा हुन्छ,’उनले भने। 

बागेश्वरी क्याम्पसमा रहेका २७ जना, वडा नम्बर १२ र १३ का ५ जना, वडा नम्बर १४ का १० जना, वडा नम्बर १० का ३ जना र वडा नम्बर ८ का १८ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको थियो। जसमध्य २ जनाकाे  आरडिटी परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे छ।

कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले कोहलपुरका १५ वटा क्वारेन्टाइनमा ५ जना भन्दा बढी नागरिक क्वारेन्टाइनमा बसिरहेको बताए।  साथै उनले कोहलपुर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका सबैको चेकजाँच छिटोभन्दा छिटो गरिने बताएका छन्। 

यसअघि कोहलपुरमा वडा नम्बर ४ र ९ का ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार आरडिटी पाेजिटिभ देखिएका नागरिकलाई ७ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तसहित घर पठाइनेछ।

अब बाँकेमा कोरोना भाइरस संक्रमण नदेखिएका दुई स्थानीय तह कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा मात्रै रहेका छन्।  बाँकी ६ पालिकामा भने कोरोना संक्रमण पुष्टि भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-06-03 16:02:41

प्रतिकृया दिनुहोस्