मुगुमा निषेधाज्ञा

कर्णालीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मुगुमा निषेधाज्ञा जारी गरेको छ। 

जिल्लाबाहिर र भारतबाट आउने व्यक्तिका कारण संक्रमण बढ्ने भन्दै प्रशासनले मंगलबारदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए। 

प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक कामबाहेक कोही पनि घरभन्दा बाहिर निस्कन नपाउने उल्लेख छ।

अनुमति प्राप्त सवारी साधनबाहेक अन्य यातायातका साधन जिल्ला प्रवेशमा रोक लगाइएको छ। यस्तै निषेधाज्ञा पालनाका लागि जिल्लाभरि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। 

प्रकाशित मिति: : 2020-06-03 20:03:59

प्रतिकृया दिनुहोस्